काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को दोस्रो सेवा केन्द्र गोगंबुमा स्थापना भएको छ । कास्कूनले सोमबार एक कार्यक्रमको आयोजना गरी गोगंबुमा दोश्रो सेवाकेन्द्रको उद्घाटन गरेको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले बैंक र कास्कून बिच सहकार्य हुने बताए । ‘बैंक र कास्कून सँगै भएपनि कास्कूनले साना पुँजी संकलन गर्छ, त्यहीँ पैसा बैंकमा आउने हो’ उनले भने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का महासचिव चन्द्रप्रसाद ढकालले निधि र विधिमा सहकारी चल्नुपर्ने बताए । उनले कास्कूनमार्फत काठमाडौंका बचत सहकारीमा नीति, विधि र प्रविधि हस्तान्तरण गर्न सहकार्य गर्ने बताए ।
कास्कुनले यसअघि कलंकीमा सेवा केन्द्र स्थापना गरिसकेको छ । गोगंबु सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक निरञ्जन सेढाई तोकिएका छन् । कास्कुनले आगामी दिनमा पनि अन्य क्षेत्रमा सेवा केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको छ ।
कास्कुनका अध्यक्ष केशवप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवराज अर्यालले गरेका थिए । काठमाडौंमा ३ हजार तीन सय भन्दा बढी सहकारी सञ्चालनमा छन् । कास्कूनमा ६ सय वटा संस्था सदस्य छन् ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News