बागलुङ \ नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था नवलपरासीका सदस्यले बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
नवप्रतिभा साकोस बर्दघाट शाखाका शाखाप्रवन्धक विजय श्रेष्ठको नेतृत्वमा आएको भ्रमण टोलीले सिवाईसी गु्रपले सञ्चालन गरेका क्रियाकलापहरुको बारेमा अन्तरकृया गरी जानकारी लिएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रम तथा सहकारी संस्थाले दिदी वहिनीहरुको भूमिकामा परिवर्तन ल्याएकोे वताए । उनले सिवाईसीले गरेका क्रियाकलापहरु तथा लघुवित्त कार्यक्रमको बारेमा सहभागिहरुलाई जानकारी गराए बचत नगरेसम्म कोहीपनि धनी हुन नसक्ने धारण राखे । कार्यक्रमको सिवाईसी नेपालका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले लघुवित्त कार्यक्रमको बारेमाजानकारी गराए भने सिवाईसी साकोसको बारेमा संस्थाका प्रवन्धक नवराज शर्माले जानकारी गराए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवप्रतिभा साकोसको तर्फवाट भ्रमणको उद्देश्यका बारेमा प्रवन्धक विजय श्रेष्ठले जानकारी गराए । ५० जनाको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रमको सञ्चालन सिवाईसीका सुचना तथा प्रविधि सहायक सुमन जिसीले सञ्चालन गरेका थिए ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News