हाइलाइट
Home / गतिविधि / १९७ जेष्ठ सदस्यलाई छाहारी साकोसको सम्मान
१९७ जेष्ठ सदस्यलाई छाहारी साकोसको सम्मान

१९७ जेष्ठ सदस्यलाई छाहारी साकोसको सम्मान

भक्तपुर \ गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । असार २ गते एक कार्यक्रम गरी संस्थामा आबद्ध ६० वर्ष पुरा भएका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख आतिथि सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले जेष्ठ सदस्यलाइ नगद तथा सिरक प्रदान गरेका थिए ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सहकारी विद कैलाश भक्त प्रधानाङ्ग, सूर्यविनायक नगरपालिका वडा नं. ४ का अध्यक्ष उत्तम थापा, भक्तपुर अस्पतालका अध्यक्ष प्रेम बहादुर खड्का लगायत स्थानीय विभिन्न सहकारी एवं अन्य संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वासुदेव थापाले समाजका जेष्ठ नागरीकलाई सम्मान गर्न पाउँदा आफु निकै गौरवान्वित भएको उल्लेख गर्दै अब चाँडैनै हुन लागेको नगरसभाको बैठकबाट जेष्ठ नागरिकको हक, हित र अधिकारकालागि सक्दो योजना ल्याऊने पनि वचन दिए ।

संस्थाका अध्यक्ष कृष्णहरी खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष प्रवीण शंखदेवले साकोसमा सम्पूर्ण वाणिज्य बैंकहरुको चेक डिपोजिट गर्ने सुविधा रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्ष एटिएम सेवा उपलब्ध गराऊन लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top