काठमाडौं । खुल्ला चौर, सिरसिर हावा निर्माणधिन संरचना वाट आएको धुलोको विना प्रवाह, चौर भरी अटाई नअटाई मानिस त्यसमा पनि महिलाको वाहुल्यता । अनुदानको सामान लिन लाइनमा वसेझैं ठेलामठेल गर्दै हातमा रसिद वोकेर पालो पर्खिरहेका सवै उमेर समूहका मानिस । कोही हातमा चिया र विस्कुट लिएर चौरको एक छेउमा भैरहेको सास्कृतिक कार्यक्रम, पुषको पारिलो घामसंगै आनन्दमा न्यानोपन मिसाएर रमाई रहेका ।

आउने जानेको क्रम चलिरहेको कोही वस रिजर्भ गरेर टाढा देखि आएका छन् । लाग्छ स्थानिय निकायको निर्वाचन कार्यक्रम चलिरहेको छ, ठूलै नेताहरु आउनेछन र भोट माग्नलाई भाषण गर्नेछन् । अनि सवै जना त्यसैको पखार्ईमा छन् । बालक देखि वृद्ध सम्म महिला र पुरुषको पनि सहभागिता छ, सास्कृतिक र मनोरञ्जनात्मक अनि हास्य प्रस्तुतीहरु चलिरहेको छन् । साहित्यीक वाचन, सम्मान अनि सत्कार । सर्वसाधरण देखि विशिष्ट व्यक्तीहरुको उपस्थिति । कलाकार देखि गीतकार अनी गायककार सम्मको सभागीता ।
समूहको नाम अनुसारको पहिरन अनि पहिरनमा परिचय पनि । सास्कृतिक वाजा गाजा झाँकीको प्रस्तुती । समाजको आर्थिक,सामाजि र सास्कृतिक आवश्यकता अनुसारको संयोजनमा एउटा राजनीतिक दलको कार्यक्रम नभएर कार्यक्रम थियो सहकारीको । व्यक्तीगत स्वार्थ र पूर्ण व्यवसायका रुपमा अघी सारिएको शहर केन्द्रित सहकारीहरुलाई सदस्यमूखी तथा समुहमा आधारित सहकारीको संख्या नगन्यरुपमा रहेको अवस्थामा सहरमा वसेरै पनि सदस्यमूखी वन्न सकिन्छ भन्ने एउटा उदाहरण वनेको सितापाइला वहुउद्धेश्यीय सहकारीले ।
राजधानीमै रहेर पनि एउटा पूर्ण सहकारीको आवास दिलाउने गरी संस्थाका गतीविधि संचालन गरी रहेको देख्न सकिन्छ । संस्थाले दस्यहरुलाई सहकारी वारे चेतना दिन उनीहरुको आवश्यकतालाई प्राथमिकता दिएको देखियो । सहरका हुने खानेको पहुँचवाट टाढा राख्दै ग्रामिण भेगका सर्वसाधारण तथा हुँदा खानेहरुको पोल्टोमा सहकारीको सेवा पुर्याउदै आएको संस्थाले त्यस्ता वर्गकोलागि खाने पानी देखि आवास निर्माण, आर्थिक सम्वृद्धि तथा रोजगारीका मार्गहरु प्रसस्त निर्माण गरी दिएको छ भने कला संस्कृति जर्गेना गर्नमा उत्तीकै महत्वपूर्ण भूमिका खेलेको छ
यसैले संस्थाले १८ वर्ष पार गर्न सकेको अवस्थामा संस्थाले १८ औं वार्षिक साधारण सभा गर्दा नार्गाजुनको जनउद्धार माध्यामिक विद्यालयको प्राङ्गणमा यो भेला गरेको थियो । धेरै सदस्य संख्या देखाए पनि संस्थाका साधारण सभा जस्ता कार्यक्रमहरु एउटा वन्द कोठामा गरेर सदस्यहरुको घरघरमा गएर निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रवृतिलाई चुनौती दिदै सितापाइलाले आफ्ना २ हजार ८ सय ४७ जना महिला तथा १ हजार ८ सय ७१ जना पुरुष गरी ४ हजार ७ सय १८ जना सदस्य हरुलाई अट्ने अनि सवैलाई समेट्ने निति लिएकोले पनि यस्ता कार्यक्रममा ठूलै स्थानको खोजी गरेको रहेछ ।
सवैले आफ्नो संस्था महसुस गर्ने अवसर पनि पाउने भएकोले यस्ता कार्यक्रमहरु सहकारी र सदस्यका लागि महत्व राख्दछ । सहकारी समूदायको चासोको विषय हुनु पर्दछ । त्यसैले समुदायको पहिलो रोजाईको सहकारी वनाउने सोचका साथ अघी वढेको संस्थाले विषेशत समाजको तल्लो तहसम्म पुग्न लघुवित्त कार्यक्रलाई प्राथमिकता दिएको कार्यकारी अध्यक्ष केदार मानन्धरले कार्यक्रममा जानकारी दिए । उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ५ करोड ७ लाख १९ हजार १ सय २० रुपैंया शेयर पूँजी तथा ८० करोड १४ लाख ४९ हजार २ सय ५ रुपैंया बचत संकलन गरेको जानकारी दिए । उनले ६४ करोड ६३ लाख १७ हजार ७ सय १७ रुपैंया ऋण लगानी र १ करोड ९४ लाख ५१ हजार ५ सय ४४ रुपैंया जगेडा कोषमा रहेको जानकारी दिएका छन् । संस्थाको ९७ करोड ४४ लाख १६ हजार २ सय ४६ रुपैंया सम्पत्ती रहेको छ भने १४ लाख ८० हजार ४ सय ३२ रुपैंया खुद बचत गरेको छ ।
संस्थाले महिलाहरुलाई आर्थिक, सामाजिक र सास्कृतिक उत्थान गर्न उनीहरुलाई बचत गर्ने वानीको विकास गर्न, उनीहरुलाई स्वरोजगार, उद्यमी र आत्म निर्भर वनाउन लघुवित्त कार्यक्रम संचालन गरी ६७ केन्द्र मार्फत १ हजार ७ सय ३२ जना महिला आवद्ध गराई सकेको छ । सदस्यहरुको जन्म देखि मृत्यु सम्ममा सेवा दिई रहेको संस्थाले सहकारी शिक्षा तालिममा सहभागी गराउँदै लगिरहेको अध्यक्ष मानन्धरले सभालाई जानकारी गराए ।
स्वास्थ्य, शिक्षा, पर्यटन, उपभोक्ता लगाएतको क्षेत्रवाट सदस्यमाझ पुगेको सितापाइला सहकारीलाई कार्यक्रमका प्रमुख अतिथि सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले सहकारी संस्थाहरुले सितापाइला सहकारीका कार्यहरुको सिको गर्न आग्रह गरे । उनले सहकारी आन्दोलनले मूलुकको अर्थतन्त्रको आधार खडा गरेको वताए । सहकारीले सर्वसाधारणलाई समृद्धिको वाटो तर्फ लान सक्नु पर्ने वताए उनले सहकारीले सवैलाई समृद्धितर्फ लान वाटो खोलेकोले आयात प्रतिस्थापन गर्दै निर्यात मूखी वन्न आग्रह गरे । कार्यक्रममा साहित्यकार सुन्दर पन्तलाई सम्मान गरीएको थियो भने लघुवित्तका समुह प्रमुख तथा सदस्यलाई सम्मान तथा मायाको चिनो प्रदान गरीएको थियो । रेमिटेन्स सेवा लगाएत मोवाइल वैंकिङ्ग सेवा तथा संस्थालै चाँडै एटिएम सेवा प्रदान गर्ने पनि जनाइएको छ ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News