-सुजाता लामा \ सिन्धुली
कमलामाई नगरपालिका ६ जसेदमारका भिम बहादुर कार्की विहान उठेदेखि बेलुका सम्म गाइको हेरविचारमा व्यस्त हुन्छन् । उनको दिनचर्या करिव ७ वर्षदेखि यसरी नै वित्दै आएको छ । तर २०५९ सालमा स्वदेशमा केहि गर्न सकिन्न भन्दै कार्की विदेशीएका थिए । विदेशमा गएर टन्न पैसा कमाएर आफ्नो परिवारलाई सुःख सयलमा राख्ने र छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने अनि श्रीमतिलाई सुखमा राख्ने मिठो सपना बुनेका थिए, उनले । र त्यहि सपना पूरा गर्न भनि उनी विदेशिए । तर ७ वर्ष विदेश बस्दा समेत उनको त्यो सपना पूरा हुन सकेन । मिठो सपना बुनि पलम्बरको लागि भनेर विदेश हान्निएका उनलाई सुरुमा लेवरमा लगायो । अनि भने जति पैसा पनि दिएन । साडे ७ सय तलव भनेर लगेको कार्कीलाइ ३ सय दिएपछि घर पठाउने त कुरै भएन खान समेत हम्मे हम्मे परेपछि उनी कम्पनि छाडेर भाग्न बाध्य भए । जसले गर्दा फर्कने बेला जेल समेत बस्नु पर्यो ।
मलेसिया र साउदि गरेर झण्डै ७ वर्ष विदेश बसेका उनले ७ वर्षमा समेत गएको ऋण तिर्ने काम बाहेक एक पैसा पनि जोड्न सकेनन । उनी भन्छन्, “हामीलाई एजेन्टले बेच्दा रहेछन्, अनि कम्पनिका मालिकहरुले तिमीहरुरुलाई हामीले किनेको हो भनि दास सराहको व्यवहार गर्छन् । बरु कुकुरको भ्यालु होला हाम्रो त केहि भ्यालु हुदो रहेनछ । एउटा कामको लागि भनेर लगे पनि उनीहरुले मन लाग्दि काम लाउने रहेछन् ।” अर्काको देशमा न भाषा वुझिन्छ, न त उनीहरुलाई हाम्रो माया नै हुन्छ, उनले भने ‘त्यहा गएर त हामी नेपालीहरु दास नै बन्ने होे ।’ सुन्दा अचम्म लाग्ला विदेश रहदा खाई नखाई मुस्किलले १५ हजार कमाउने कार्की अहिले आफ्नै ठाउँमा गाइपालन गरि महिनाको ३ लाख सम्म कमाउछन्
कार्की भन्छन्, यो सव हुनुमा मिलिजुली सहकारी सस्थाको देन हो । उनले भने “विदेशमा गर्ने जति दुःख आफ्नै गाउँमा गएर गर्ने हो भने म त साहुँ बन्छु जस्तो लाग्यो र विदेश नजाने गरि फर्किए । तर के गर्ने भन्नेमा अन्योलमा परेको मलाई कोसेली डेरीमा नवराज गजुरेलले व्यवसायिक रुपमा गाई पाल्न सुझाव दिए । त्यसै अनुसार मैले मिलिजुली सहकारी सस्थामा आवद्ध भइ ऋण लिएर व्यवसायिक गाइ पाल्न थाले, कार्कीले भने । मिलिजुली सहकारीबाट सुरुमा कार्कीले १ लाख रुपैया ऋण लिए र २ वटा गाई किनी दुध बेच्न थाले । र दुध बेचेको पैसाले ऋण तिर्दै गए र फेरि फेरि २ लाख रुपैया लिएर गाई थपे । त्यो पनि उनले दुध बेचेर तिर्दै गए । अनि फेरि ५ लाख रुपैया ऋण लिएर अरु गाई थपे यसरी उनले दूध बेचेर ऋण तिर्दै गए । यसरी उनले गाइको दूध बेच्दै गएर कमाएको पैसाले ऋण तिर्दै गए र गाई पनि थप्दै गए । अहिले त उनले गाई फर्म नै सञ्चालन गरेका छन् । उनको फर्ममा अहिले ३९ वटा गाई छन् । उनले सिन्धुली, काठ्माडौँ र चितवनबाट उन्नत जातको गाई ल्याएर पालेका हुन् ।
उनले व्यवसायिक गाइपालन गरि दुध उत्पादन क्षेत्रमा अमूल्य योगदान पुर्याएको भन्दै अन्तराष्ट्रिय दुध दिवस २०७४ मा व्यवसायिक गाइपालनबाट साना व्यवसायी विद्या तर्फ द्धितिय स्थान प्राप्त गर्दै पुरस्कृत भएका छन् । जसले गर्दा आफ्नो पेशा प्रति थप गर्भ महसुस भएको कार्कीले सुनाए ।विदेशमा बस्दा गएको ऋण तिर्न समेत हम्मेहम्मे परेको बताउने कार्की अहिले भन्छन्,
विहान १ सय लिटर र बेलुका १ सय लिटर गरि दिनमा उनले २ सय लिटर दुध बच्ने गरेको सुनाए । सिन्धुलीमाढीमा सहकारीद्धारा सञ्चालित कोसेली डेरीलाई उनले प्रतिलिटर ५५ रुपैयाले बेच्ने गरेका छन् । विदेशमा रहदा ऋण तिर्न समेत मुस्किल भएको सुनाउने कार्कीले अहिले दुध वेचेकै पैसाले जसेदमारमा २५ कठ्ठा जग्गा समेत जोडेको सुनाए । उनले अहिले त्यहा सवैमा घाँस रोपेका छन् । आजभोली विहान ३ वजे देखि कार्कीको दैनिकि सुरु हुन्छ । सवैभन्दा पहिले कार्की गाइलाई नुहाइदिने अनि गोबर सोर्ने र घास कुडो पानी गर्छन् । विहान ७ बजे सवै काम सकेर घास काट्न निस्कने कार्की ११ बजे ट्याक्टरमा घास लिएर फकिए पछि अपहान ४ बजेसम्म आराम पनि गर्न पाउछन् । अर्काको देशमा न आराम न त कसैले माया नै गर्थे, उनी भन्छन् । विदेशमा भोगको दुःख सम्झदै कार्की भकानिदै भन्छन्, ७ दिन सम्म त पानी मात्र खाएर बसे २५ दिनसम्म एक छाक मात्र खाए, ६ महिनासम्म भाषा नबुझेर काम गर्न निकै नै गाहृो भयो ।
व्यवसायीक पशुपालन गरि दुध उत्पादन क्षेत्रमा अमूल्य योगदान गरेको भन्दै सफल व्यवसायीका रुपमा कार्कीले नगद १ लाख ४९ हजार रुपैया सहित राष्ट्रपति पुरस्कार समेत पाए । जसले गर्दा आफ्नो व्यवासय प्रति थप प्रोत्साहन मिलेको उनले सुनाए । विदेशमा अरुको अपमान सहेर उनीहरुले जे भन्यो त्यहि काम गर्नु परेको दुःख सम्झदै कार्की भन्छन्, “यहाँ अहिले सवैको उदाहरणको पात्र बनेको छु, इज्जतका साथ परिवार संगै रहेर विदेशमा भन्दा राम्रो आम्दानी गरेको छु ।” कार्की अहिले आफ्नो व्यवसायबाट निकै नै सन्तुष्ट छन् । त्यति मात्र हैन उनलाई सफल व्यवसायी भन्दै स्वरोजगार कोषबाट जिल्ला पशु सेवा कार्यालयले २ लाख ५० हजार रुपैया अनुदान दिए । त्यसले गाई विस्तार गर्न थप सहज भएको कार्की बताउछन् ।
त्यस्तै उनले व्यवसायिक गाइपालन गरि दुध उत्पादन क्षेत्रमा अमूल्य योगदान पुर्याएको भन्दै अन्तराष्ट्रिय दुध दिवस २०७४ मा व्यवसायिक गाइपालनबाट साना व्यवसायी विद्या तर्फ द्धितिय स्थान प्राप्त गर्दै पुरस्कृत भएका छन् । जसले गर्दा आफ्नो पेशा प्रति थप गर्भ महसुस भएको कार्कीले सुनाए ।विदेशमा बस्दा गएको ऋण तिर्न समेत हम्मेहम्मे परेको बताउने कार्की अहिले भन्छन्, “त्यो मान्छेको रुप मात्र भएको देशमा गर्ने जति दुःख आफ्नै ठाउँमा गर्ने हो भने त यहि नै सुन फलाउन सकिने रहेछ ।” आफ्नो ठाउँमा चाहि साना तिना काम नगर्ने भन्दै ठूला ठूला काम खोजी काम गर्न हिचकिचाउनले गर्दा अर्काको ठाउँमा ंगएर जे पनि गर्न परेको उनको भनाई छ ।
आफ्नै ठाउँमा केही गरि आत्म निर्भर बन्न चाहनेहरुका लागि स्वदेशमै यस्ता धेरै अवसरहरु रहेको उनी बताउँछन् । कार्की भन्छन्, अहिले म निकै खुसी छु आफ्नै गाउँमा केहि गर्न सके जस्तो लाग्छ । कामलाई ठूलो सानो नसम्झि आत्मनिर्भर वन्ने तर्फ सोच्ने हो भने विदेशमा मात्र हैन विदेशमा भन्दा दोब्बर आम्दानी गरि इज्जतका साथ यहि नै जिविको पार्जन मज्जाले गर्न सकिने कार्कीको अनुभव छ । उनी भन्छन्, धेरै धेरै धन्यवाद मिलिजुली सहकारी सस्था र कोसेली डेरीका सञ्चालक नवराज गुजेरेललाई जसले मलाई सहि सल्लाह र ऋण पत्याउनुभयो ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News
