हाइलाइट
Home / भर्खरै / सहकारीका जोखिम पहिचान र न्युनिकरण सम्वन्धि एकदिवसीय गोष्ठि सम्पन्न
सहकारीका जोखिम पहिचान र न्युनिकरण सम्वन्धि एकदिवसीय गोष्ठि सम्पन्न

सहकारीका जोखिम पहिचान र न्युनिकरण सम्वन्धि एकदिवसीय गोष्ठि सम्पन्न

काठमाण्डौं \ “सहकारी क्षेत्रका वित्तिय जोखिम पहिचान र न्युनीकरणका उपाय” विषयक एक दिवसिय गोष्ठि सम्पन्न भएको छ । सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको गोष्ठिमा तीनवटा कार्यपत्र पस्तुत गरिएको थियो ।
सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाको सभापतित्व तथा सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा कोलमतेश्वर साकोसका अध्यक्ष कुशश्री न्यौपानेले “सहकारीका जोखिम र न्युनिकरणका उपाय”,नवकान्तिपुर बहुउद्धेश्यीय सहकारीका ब्रान्च मेनेजर हरी पाण्डेले “ वित्तिय सहकारीमा अन्तर्निहित जोखिम तथा यसका उपायहरु ” तथा केन्द्रिय बहुउद्धेश्यीय सहकारी संघका कोषाध्यक्ष माधवप्रसाद तिमल्सिनाले “सहकारी संस्थाका जोखिम पहिचान र न्युनिकरणका उपाय” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य भरत आचार्य, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली सापकोटा लगाएतको अतिथिमा उपस्थिती रहेको थियो । कार्यक्रममा एक सय जना सहकारीकर्मीहरुको सहभागीता रहेको आयोजकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top