हाइलाइट
Home / भर्खरै / सहकारीको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै
सहकारीको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै

सहकारीको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै

चीना थापा \विराटनगर
गोविन्दपुरमा सञ्चालित लघुविक्त कार्यक्रम प्रभावकारी बनेको छ । गोविन्दपुर बचत तथा ऋण सहकारीले संस्थाले सञ्चालन गरेको कार्यक्रम अहिले त्यस क्षेत्रका सदस्यहरुका लागि प्रभावकारी बनेको हो । सहकारीले ७÷७ जनाको समूह बनाई कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको १२ वटा समूह परिचालित छन् ।

संस्थाका अध्यक्ष कृष्ण विश्वकर्मा (रसाईली)का अनुसार सहकारीले बचत गर्ने र उक्त बचत भएको रकम ऋण लगानी गर्ने जिम्मा समूहलाई दिएको छ । समूहले बचत गर्ने, जम्मा भएको रकम सेयर सदस्यको माग अनुसार लगानी गर्ने गरेका छन् । जसले गर्दा सदस्यहरुलाई कुनै पनि व्यापार व्यवसाय गर्नको लागि तथा अन्य समस्या पर्दा सानो तिनो ऋणको लागि सहकारी संस्था नै धाउनुपर्ने बाध्यता छैन । जसले गर्दा सदस्यहरुको आर्थिक अवस्था सुधार्ने माध्यम बनेको छ लघुवित्त कार्यक्रम ।

सहकारी तथा समूह मार्फत ऋण लिएर व्यवसाय सञ्चालन गरी आफ्नो आर्थिक अवस्था उकासिरहेका छन । महिलाहरु पुरुष भर पर्दा आफ्ना चाहना अनुसार खर्च गर्न नपाईने र पुरुष हेपाईमा बस्नुपर्ने उहाँहरुको अनुभव छ । महिलाहरु आर्थिक रुपमा सक्षम हुन थालेपछि घर खर्च चलाउन सजिलो हुनुका साथै आफ्ना आवश्यकता तथा चाहना अनुसार खर्च गर्न पाईने उनीहरुको भनाई छ

त्रिवेणी महिला समूहकी सिता भुजेल कस्मेटिक पसल गर्नुहुन्छ । सुरुमा आफ्नै लगानीमा पसल खोले पनि अहिले समूहमा आवद्ध भएपछि उहाँको व्यवसायलाई निकै सहज भएको छ । थोरै लगानीमा सञ्चालन गरिएको पसलमा सामान थप्न समस्या हुन्थ्यो । भनेको बेलामा पैसा नहुँदा ग्राहकले खोजेअनुसार सामान पसलमा हुँदैन थियो । समूहमा बस्न थालेपछि बचत पनि भएको छ र उहाँको पसलमा चाहिने सामान ल्याउनका लागि समूहबाट ऋण पनि पाईने गरेको छ । जसले आफ्नो व्यवसाय बढ्नुका साथै ग्राहकको आवश्यकता, चाहाना अनुसारका सामान पसलमा हुुँदा आम्दानी पनि राम्रो भएको छ ।

उहाँहरुले प्रतिव्यक्ति २० रुपैया जम्मा गर्नुहुन्छ । एक कप चिया खाने पैसा । खायो भने सकिन्छ । तर बचत गर्दा त्यही २० रुपैया पछि धेरै हुनेगरेको उहाँको भनाई छ । सहकारी तथा लघुविक्त समूहले त्यस क्षेत्रका महिलाहरुको आर्थिक अवस्था सुधार्न निकै सहयोग पुगेको भुजेलको भनाई छ । सहकारी तथा समूहबाट ऋण लिएर व्यापार व्यवसाय गर्नेहरुको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । लिएको ऋण प्रभावकारी रुपमा आयआर्जन मूलक क्षेत्रमा लगानी गर्ने हो भने राम्रो आम्दानी लिन सकिने बताउँदै भुजेलले त्यही व्यवसायबाट ऋण पनि तिर्न सकिने, बचत पनि गर्न सकिने तथा घर खर्च पनि धान्ने बताउनुभयो ।

त्यसैगरी गोविन्दपुरकै मिना कार्की पनि चिया पसल गर्नुहुन्छ । उहाँले पनि सुरुमा त आफ्नै लगानीमा पसल गर्नुभएको हो । तर पछि पसल सञ्चालनमा केही समस्या भने नआएका हैनन् । पसलमा सामान कम हुँदा चाहिने बेलामा सामान थप गर्न रकमको अभाव उहाँले पनि झेल्नु भयो । जब समूहमा आवद्ध हुनुभयो । सहकारीको फाईदा तथा लघुविक्र कार्यक्रमको फाईदा बुझेर समूहमा आवद्ध हुनुभयो । त्यसपछि उहाँका समस्या पनि हट्दै गयो । पसल सञ्चालनको लागि उहाँलाई समूहले सहयोग गरेको छ । समूहमार्फत अहिले उहाँले पसल पनि बढाउनुभएको छ । पहिलाको भन्दा उहाँको आम्दानी पनि बढेको छ ।

अन्जना केसी अर्को एक सफल महिला हुन । उहाँको पनि किराना पसल छ । आफ्नो र समूहको लगानीमा उहाँले पसल सञ्चालन गर्नुभएको हो । सहकारी तथा समूहमा आवद्ध नहुँदा उहाँलाई पसल गर्न समस्या नै थियो । आवद्ध पश्चात समूहबाट ऋण लिने र पसलमा लगानी गर्ने गर्नुभयो । लगानी बढेसँगै व्यवसाय पनि बढ्यो र आम्दानी पनि बढ्यो उहाँको । अहिले उहाँको पसलको आम्दानी पनि राम्रो छ । बचत गर्ने देखि लिएर घरखर्च पनि पसलको आम्दानीले चलेको छ । सहकारी तथा समूह आफूहरुको साहारा रहेको उहाँको भनाई छ ।

माथि उल्लेखित महिलाहरु जस्तै अन्य धेरै महिलाहरु आयआर्जनमा लागेका छन् । सहकारी तथा समूह मार्फत ऋण लिएर व्यवसाय सञ्चालन गरी आफ्नो आर्थिक अवस्था उकासिरहेका छन । महिलाहरु पुरुष भर पर्दा आफ्ना चाहना अनुसार खर्च गर्न नपाईने र पुरुष हेपाईमा बस्नुपर्ने उहाँहरुको अनुभव छ । महिलाहरु आर्थिक रुपमा सक्षम हुन थालेपछि घर खर्च चलाउन सजिलो हुनुका साथै आफ्ना आवश्यकता तथा चाहना अनुसार खर्च गर्न पाईने उनीहरुको भनाई छ । महिलाहरु आर्थिक रुपले सक्षम हुने वित्तिकै महिला हिंसा पनि कमी हुने महिलाहरुको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top