सहकारीवाट लिएको सानो कर्जा लगानी गरेर स्वरोजगार वन्न सकिन्छ भन्ने उदाहरण पात्र हुन, तोपगाछी–७, झापाकी ढकमाया भण्डारी । भण्डारीलाई कुनै समय घरमा दुई छाक टार्नै मुस्किल थियो । सामाजिक परम्परा अनुसारनै विवाह वन्धनमा बाँधिएकी उनी गरिवीका कारण आफुलाई समाजमा स्थापित गर्न निक्कै मुस्किल ठान्थीन । समाजले कुरा काट्ने मात्र नभएर भविश्यमा आफ्ना सन्तानले समेत आफुजस्तै दुख पाउने चिन्तामा उनको दैनिकी वित्ने गथ्र्यो । सन्तानलाई पालन पोषणकै व्यवस्था मिलाउन नसकेर माइती वसेकी उनलाई राम्रो शिक्षा दिक्षा दिन सकिन्छ भन्ने कल्पना समेत थिएन । तर, ‘जस्को केही हुदैन, उसको भगवान हुन्छ’ भनेजस्तै उनको जीवनमा भगवान समान वनिदियो पूर्व नेपाल वहुउद्देश्यीय सहकारी ।
पूर्व नेपालले ५० हजार रुपैयाँ ऋण दिएपछि ढकमायाले गाउँविकास समितिको आडैमा चिया नास्ताको पसल सुरु गरिन् । पसल सुरु भएपछि उनको आम्दानी त वढ्यो नै त्यो भन्दा खुसीको कुरा १५ बर्षदेखि अलग÷अलग रहेका श्रीमान, श्रीमतीलाई सँगै वस्ने अवसर समेत मिल्यो ।
करिव ८ बर्ष अघि मात्र उनी आफु भित्रिएको तोपगाछी–३ स्थित घर छाडेर अर्को वडामा श्रीमानसँगै आइन् । त्यही समय उनलाई वरदानजस्तै वन्यो पूर्व नेपाल सहकारी । सोही संस्थाको सदस्य वनेपछि ढकमायाले १० हजार ऋण लिइन् र घुम्ति पसल सुरु गरिन् । छोरी र आफ्नो दैनिक गुजारा जेनतेन टर्दै थियो । तर, उनमा अर्को आँट पलायो र घुम्ति पसलवाट भएको आम्दानीले ऋण समेत चुक्ता गरेर थप कर्जा माग्न सहकारीको दैलोमा पुगिन् । समयमै ऋण चुक्ता भएपछि संस्थाको विश्वास पात्र वनीसकेकी ढकमायालाई थप कर्जा दिन पूर्व नेपाललाई गाह्ै थिएन । संस्थाले पनि व्यवसाय वढाउने उनको आँटमा इटा थपिदियो । नियमित कर्जाको व्याज, किस्ता तिर्दै केही रकम वचत समेत गर्न थालेपछि संस्थाले उनलाई आम्दानी अनुसार लगानी समेत वढाइदिदै गयो । आफ्नो मेहनत अनुसार आम्दानी हुन थालेपछि ढकमायाले सानो तिनो चिया पसल खोल्ने सोच वनाइन् । तर, उनलाई सानी छोरीसँग एक्लै सकिन्छ की सकिदैन भन्ने सकस छदै थियो । तर, पनि ‘त आँट गर म पुर्याउँछु’ भनेजस्तै उनको सपना विना वन्यो र चिया नास्ता पसल सुरु पनि गरिन् ।
यहि विचमा उनलाई अर्को खड्गो आइपर्यो । घरमा गुजारा टार्नै मुस्किल भएपछि भारततिर कमाउन गएका श्रीमान दुईवर्ष देखि सम्पर्कमा रहेनन् । ‘एक्ली मान्छे, खोज्न कहाँ जाने, नखोजौ दुईवर्ष भइसक्यो’, विगत सम्झेर गहभरी आँशु पार्दै ढकमाया भन्दै थिइन्, ‘आँट गरेर खोज्न गए, भेटाएर ल्याएपछि दुक्क भयो ।’ उनका श्रीमान गाउँमा रोजगारी नभएपछि भारत पसेका रहेछन् । हरेक वर्ष आउने उनी पछिल्लो समय हराएछन् । मासिक ५ हजार जागिरमा भारतमा नोकरी गरिरहेका उनका श्रीमान पनि श्रीमती र सन्तानको दुख टार्नै मुग्लान छिरेका रहेछन् । तर यी कर्मयोद्धालाई समयले पनि साथ दियो । पूर्व नेपालले ५० हजार रुपैयाँ ऋण दिएपछि ढकमायाले गाउँविकास समितिको आडैमा चिया नास्ताको पसल सुरु गरिन् । पसल सुरु भएपछि उनको आम्दानी त वढ्यो नै त्यो भन्दा खुसीको कुरा १५ बर्षदेखि अलग रहेका श्रीमान, श्रीमतीलाई सँगै वस्ने अवसर समेत मिल्यो । अहिले दुवै जना मिलेर व्यवसाय संचालन गरिरहेका छन् ।
सहकारीवाट पछिल्लो समय दुई लाख रुपैयाँ ऋण लिएर होटल वढाएकी ढकमायाले अहिले ऋण चुक्ता मात्र गरेकी छैनन, करिव ५ लाख रुपैयाँ वचत समेत पुर्याएकी छिन् । उनले आफ्ना श्रीमान र आफ्नो नाममा मासिक वचत गर्छिन । संस्थाले ल्याएको नयाँ वचत योजना कोपिलामा छोरीका नाममा दैनिक एक सय वचत गर्छिन । क्रमिक वचतमा पनि दैनिक एक सय उनको वचत छ । छोरीको जीवन बीमा गदिदिएकी छिन् । त्यहाँ पनि दैनिक ५० रुपैयाँ छुट्याउँछिन् उनी । ‘म अहिले श्रीमान श्रीमती दुवैको नाममा मासिक ५\५ सय वचत गर्छु,’ उनी भन्दै थिइन्, ‘छोरीलाई वर्षको ६० हजार तिर्नेगरि कलेज पढाएका छौ, पसलमा पनि ३ लाख माथि लगानी गरेकी छु ।’ त्यसो त ढकमायाले जीवनलाई संघर्ष नै हो भनेर भावनामा मात्र वुझिनन्, कर्मले नै उनलाई संघर्षमा होमिदियो । संघर्ष गरेर नै छोरीलाई वोड्रिङ स्कुल पढाइन् । उनको चिया नास्ता पसलमा अहिले दैनिक ३ देखि ४ हजारको व्यापार हुन्छ । दैनिक २० रुपैयाँवाट वचत सुरु गरेकी ढकमाया अहिले सहकारीको उत्कृष्ट सदस्य मात्र वनेकी छैनन्, निम्न आय भएका महिलाका लागि प्रेरणाकी स्रोत नै भएकी छिन् । उनले सहकारीकै १० हजार कर्जावाट सुरु गरेको व्यवसायले ९ धुर घडेरी किनेकी छन् । अव केही वर्षमै घर वनाउने सोच पनि उनमा विकास भइसकेको छ । हिजो एक सय रुपैयाँ ऋण नपत्याउनेहरु उनलाई लाखौ रुपैयाँ ऋण दिन तयार भएका छन् ।
‘मलाई हजार ऋण नपत्याउनेहरु लाख दिन तयार छन्’, उनी भन्छिन्, ‘यो सवै पूर्व नेपालको देन हो, मलाई यहि संस्थाले आँखा देखायो, मैले अव कतै ऋण माग्नु पर्दैन, चाहे यहि संस्थाले दिन्छ, यो छाडेर म अन्त कतै जादिन ।’ त्यसो त उनमा पनि सहकारीप्रति मोह जागेको छ । अरु थुप्रै सहकारीले सदस्य वन्न आग्रह गर्दा पनि उनले आफ्नो सहयोगी संस्था नछाड्ेने प्रण गरेको सुनाइन् । ढकमायाले गाविस छेउको पुरानो सहकारीको जग्गा भाडामा लिएर अहिले होटल चलाइरहेकी छिन् । उनले त्यही गाई र केही वाख्रा पनि पालेकी छिन् । त्यसवाट वाषर््िाक ३५ हजार उनको आम्दानी थपिएको छ । ढकमायाले जीवनमा के गरिनन्, तर कहिले हरेस खाइनन् । जीवनको भोगाइ र संघर्षले नै आज उनलाई भोलीका लागि वचत गर्न सिकाएको छ । विवाह गरेको २० दिनमै श्रीमान उनलाई एक्लै छाडेर मजदुरीका लागि भारत पसेका थिए । त्यो विचमा उनले के के भोग्नु पर्यो, सायद उनलाई मात्र थाहा होला । तर, उनी समस्यासँग कहिले भागिनन्, वरु नियमित जुध्दै रहिन, जुधि रहिन् । यसैको परिणाम आज सवैको उदाहरण वन्न सफल भइन् । ग्रामिण क्षेत्रकी यी महिला सहकारीकै माध्यमवाट स्वारेजगार वनेकी छिन् ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News