मोरङ \ जनचाहना साकोस मोरङको संस्थागत विकास तालिम धनकुटा जिल्लाको भेडेटारमा सम्पन्न भएको छ । संस्थाको कार्यालय बुधबारेमा आयोजित एक कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डीबी बस्नेतले तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा अध्यक्ष बस्नेतले नेफ्स्कूनले साकोस अभियानको दीगो विकासको लागि सदस्य संस्थाको चाहना बमोजिम तालिमहरु उपलब्ध गराउने गरेको बताए । उनले साकोसहरुको जोखिम व्यवस्थापनका लागि नेफ्स्कूनले साकोस स्थीरिकरण कोष कार्यक्रम सञ्चालनको तयारी गरिएको बताए ।
कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले साकोसहरुको लागि आवश्यक सफ्टवेयर लगाएत विभिन्न कार्यक्रमहरु विकास गरेको जानकारी दिए । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक गोमा नेपाल, जिल्ला सहकारी संघ मोरङका उपाध्यक्ष पार्वती बराल समेतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष जनकलाल आचार्यको अध्यक्षतामा सञ्चालित कार्यक्रम सचिव तेजप्रसाद तिमिल्सीनाले सञ्चालन गरेका थिए ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News