हाइलाइट
Home / गतिविधि / इटहरा साकोसको २० औं स्थापना दिवस सम्पन्न
इटहरा साकोसको २० औं स्थापना दिवस सम्पन्न

इटहरा साकोसको २० औं स्थापना दिवस सम्पन्न

मोरङ्ग \ इटहरा साकोस मोरङले २० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा बृहत रक्तदान, जेष्ठ नागरिक सम्मान, अपाङ्ग सदस्य सम्मान कार्यक्रम लगायत विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेतले गरेका थिए ।
कार्यक्रमलाइ संवोधन गर्दै अध्यक्ष बस्नेतले सहकारी संस्था सञ्चालनमा अपनाउनुपर्ने सहकारीका निश्चित विधि, सिद्धान्त र मुल्य मान्यताको अक्षरश पालना गर्दै इटहरा साकोस एउटा सफल संस्थाको रुपमा अगाडि बढिरहेको वताउदै आगामी दिनमा सदस्यहरुको सन्तुष्टीलाई ध्यान दिदैं व्यावसायिक र उत्पादनमुलक क्षेत्रमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले सहकारीको वित्तीय व्यवस्थापनलाई सवल बनाउन प्रभावकारी वित्तीय योजना निर्माणसँगै संस्थाको संकलित पूँजीको व्यवस्थित परिचालनमा जोडदिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष कृष्णराज खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोरङ जिल्ला बचत संघका कोषाध्यक्ष एकराज निरौला, कञ्जनजंङ्गा साकोसका अध्यक्ष नेत्रप्रसाद दाहाल, सातमेडी साकोसका अध्यक्ष देवी दाहाल, नारी पाथीभरा साकोसका प्रतिनिधि ज्योती परियार, विभिन्न साकोस प्रतिनिधि र सहकारीकर्मीहरु, संस्थाका शेयर सदस्यहरु लगाएत १२ सय जनाको उपस्थिति रहेकोे थियो । संस्थामा सोही दिन ५ सय जनाले नयाँ सदस्यता लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top