नवलपरासी \ वर्दघाट पंचनगरमा रहेको पंचनगर महिला कल्याण कृषि सहकारीको अध्यक्षमा दीलकुमारी कुँवर चयन भएकी छन् । संस्थाको १०औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले एघार जनाको संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लोमा वाग्ले,सचिवमा रेखा शाही,सहसचिवमा चन्द्राकुमारी शाही,कोषाध्यक्षमा सरस्वती सापकोटा तथा सदस्यहरुमा पवित्रा किसान,सावित्री न्यौपाने,दिलमाया पन्त,कमला सुवेदी,तुलसी चालिसे र रन्जना चौधरी चयन भएका हुन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा लालकुमारी राना र सदस्यमा ललितादेवी खड्का र अम्विका खड्का चुनिएका छन् ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News