हाइलाइट
Home / गतिविधि / नागरिक विकास आफ्नै भवनमा
नागरिक विकास आफ्नै भवनमा

नागरिक विकास आफ्नै भवनमा

काभ्रे \ नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । बनेपा १० मा ५ आनामा बनेको साढे २ तले कार्यलय भवनबाट सेवा शुरु गरेको नायब महाप्रबन्धक मनोज आचार्यले जानकारी दिए । नवनिर्मित भवनको काभ्रे क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र बादेले उद्धघाटन गरेका थिए । बादेले काभ्रेका केही सहकारीको मात्रै आफ्नो भवन भएको भन्दै त्यसले सहकारीका सदस्यमा थप विश्वासको वातावरण बनाउने बताए । काभ्रे उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष दियेशरत्न शाक्यले छोटो समयमा घर बनाउनु संस्थाको सफलता भएको बताए । सहकारीका अध्यक्ष नरेन्द्रकुमार राना, सञ्चालक र शेयर सदस्यहरु उपस्थित थिए ।

उत्कृष्टहरु सम्मानित

User comments

संस्थाको आठौं बार्षिक साधारणसभाको अवसरमा पारेर संस्थाले उत्कृष्ट मुद्धती बचतकर्ता मोहनप्रकाश नकर्मी, बचतकर्ता अनिल सापकोटा, शेयरधनी तेजप्रकाश घिमिरे र व्यवसायी इश्वर कर्माचार्यलाई सम्मान गरिएको हो । काभ्रे क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र बादेले सम्मान गरेका हुन् ।
साधारणसभामा एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयरधनीका सन्तानमध्येबाट मोनिका श्रेष्ठ, एञ्जल नैनावस्ती, निररत्न शाक्य, मञ्जिल श्रेष्ठ, वैष्णभी श्रेष्ठ, निरञ्जन दाहाल, अनु योगल श्रेष्ठ र निलम्ब राज श्रेष्ठलाई ‘नागरिक एजुकेशन अवार्ड’बाट सम्मान गरेका थिए । सांसद बादे, काभ्रे उद्योग वाणिज्य .संघका पुर्वअध्यक्ष दियेशरत्न शाक्य, सहकारी संस्थाका अध्यक्ष नरेन्द्रकुमार राना लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top