हाइलाइट
Home / गतिविधि / संकटा सहकारीको १७ औं साधारणसभा सम्पन्न
संकटा सहकारीको १७ औं साधारणसभा सम्पन्न

संकटा सहकारीको १७ औं साधारणसभा सम्पन्न

काठमाडौं । न्यूरोडमा रहेको संकटा बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष ०७२÷०७३ कोे बार्षिक प्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, ०७३÷०७४को अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरीएको थियो । शुक्रबार सम्पन्न साधारणसभामा उद्योग मन्त्री नविन्द्र राज जोशीको प्रमुख आतिथ्यता र सहकारी बैंकका प्रवन्ध संचालक केबी उप्रेतीको विशेष आतिथ्यता रहेको थियो ।

sankata4संस्थाले सहकारीहरुको माझमा संकटालाई छुट्टै पहिचान बनाउन सकेको संस्थाका अध्यक्ष उत्तमबहादुर सिंहले बताए । बचत तथा ऋणमा मात्र केन्द्रीत नभई संकटा चालक लाई मालिक बनाउने उद्देश्यले सफा टेम्पोमा लगानी, सुपथ मुल्य पसल संचालन, नयाँ नयाँ प्रविधि, संचारमा लगानी लगायतका नयाँ नयाँ काममा अगाडी रहेको बताए ।
आर्थिक वर्ष २०७२र०७३ मा संस्थाको शेयर पूँजी तर्फ ५ करोड ४ लाख ८ हजार रहेको छ । अषाढ मसान्त सम्म संस्थाले ८८ करोड ७४ लाख १२ हजार निक्षेप संकलन गरेको छ भने लगानी ६८ करोड ३७ लाख ६१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top