हाइलाइट
Home / गतिविधि / हाम्रो सहकारी

हाम्रो सहकारी

  • अच्युत सापकोटा

सहकारी मै छ खुशी                             achyutpsapkota@gmail.com

यसैमा छ शान

हाम्रो जीवन सहकारी

हाम्रो पहिचान । १

थोपा थोपा मिलिकन

सागर भए जस्तो ।

टुक्रा टुक्रा जोडिकन

पहाड भए जस्तो ।२

दाना दाना अन्न मिली

बन्छ है भकारी ।

साना साना प्रयास बाट

बन्छ सहकारी ।३

एकतानै ठूलो बल

हामी मिल्नु पर्छ ।

हामी मिले यै धर्तीमा

मोति दाना झर्छ ।४

ठूला ठूला काम पनि

एकताले बन्छ ।

गारो सारो परे पनि

सहयोगले हुन्छ । ५

अघि बढौँ हात समाइ

उन्नतिको पथ

हामीलाइ सघाउने

सहकारी रथ ।६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top