हाइलाइट
Home / गतिविधि / केयू प्राध्यापक संघमा डा.दाहाल
केयू प्राध्यापक संघमा डा.दाहाल

केयू प्राध्यापक संघमा डा.दाहाल

काठमाण्डौं । काठमाण्डौ विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा.वेदमणि दाहाल निर्विरोध निर्वाचित भएका छन् । गत आइतवार सम्पन्न संघको तेश्रो महाधिवेशनवाट डा.दाहाल सहित उपसभापतिमा खगेन्द्र आचार्य,महासचिवमा डा.विकाश अधिकारी,सचिवमा प्रकाश लामिछाने,काषाध्यक्षमा संगिता शाक्य र सदस्यहरुमा डा.समिर श्रेष्ठ र डा.राजेन्द्र अधिकारी चुनिएका हुन् ।

bedmani0222 डा.विभूती रञ्जन झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्रा. जिवराज पोख्रेलको प्रमुख आतित्थ्यता रहेको थियो । त्यसैगरी डा.गोविन्द केसी तथा डा.समिरमणि दिक्षितको विषेश अतित्थ्यता रहेको थियो । कार्यक्रममा डा.गोविन्द केसीले काठमाण्डौ विश्वविद्यालय प्राध्यापक संघको लडाई लोकतन्त्र,पारदर्शिता र न्यायकोलागि भएको र यस संघले जहिले पनि भ्रष्ट्राचार विरुद्धको आफ्नो अभियानमो साथ दिएको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top