हाइलाइट
Home / गतिविधि / आवर स्ट्याण्डर्डमा रत्नकुश

आवर स्ट्याण्डर्डमा रत्नकुश

आवर स्ट्याण्डर्डमा रत्नकुश

our-standard-savingकाभ्रे \ आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन रत्नकुश रञ्जित निर्वाचित भएका छन् । चौथो बार्षिक साधारणसभाबाट उपाध्यक्षमा ठाकुरप्रसाद बजगाईं, सचिवमा दिपेश रंजित, कोषाध्यक्षमा सर्जूकुमार रंजित छन् ।
सदस्यहरुमा रामकुमार श्रेष्ठ, रुविना मकै श्रेष्ठ, दिनेश मानन्धर निर्वाचित भए । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा सुदिना रंजित, सदस्यमा राजेश रंजित र प्रय श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा लामो समयदेखि संचार क्षेत्रमा क्रियाशिल पत्रकार मधुसुधन गुरागाईलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । संस्थाले ज्येष्ठ नागरिक सम्मानबाट पूर्णकुमार ह्योजु, ज्येष्ठ महिला सम्मानतर्फ न्हुच्छेमाया मानन्धर, सफल व्यवसायी सम्मान विजुरत्न शाक्य, उत्कृष्ट कर्मचारी रुपा लामिछानेलाई सम्मान गरेको थियो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यले सम्मान गरेका थिए । सहकारीकर्मी शम्भुलाल श्रेष्ठ, गु्रवेन तौजले, सम्मानित व्यक्तित्व विजुरत्न शाक्य लगायतले सहकारीको बारेमा बोलेका थिए ।

सफल साकोसले गर्यो उत्कृष्टलाई सम्मान
काभ्रे \ सफल बचत तथा ऋण सहकारीले उत्कृष्ट बचतकर्ता तथा ऋणी सदस्यहरुलाई सम्मान गरेको छ ।
उत्कृष्ट दैनिक बचतकर्ता शोभा कार्की, उत्कृष्ट क्रमिक बचतकर्ता सामिया श्रेष्ठ, उत्कृष्ट मासिक बचतकर्ता सन्तोषी तिमल्सिना, उत्कृष्ट मुद्धती बचतकर्ता जयलक्ष्मी श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता युरिका मानन्धर, उत्कृष्ट शेयरकर्ता अमृतकाजी श्रेष्ठ, उत्कृष्ट ऋणी कविर रंजित, उत्कृष्ट पूर्णकालीन बचतकर्ता राजाराम कार्की र उत्कृष्ट दिर्घकालीन बचतकर्ता रामहरि श्रेष्ठलाई सम्मान गरिएको थियो । १७ औं वार्षिक साधारण सभामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सघका वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, संस्थाका अध्यक्ष राजु पौडेल, सचिव जेन लामा लगायतले सहकारी क्षेत्रबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top