हाइलाइट
Home / भर्खरै / भरतपुरमा दुई सहकारी गाभिए
भरतपुरमा दुई सहकारी गाभिए

भरतपुरमा दुई सहकारी गाभिए

चितवन\ प्रभात महिला साकोस र दिदीबहिनी उपभोक्ता सहकारी बीच एकीकरण भएको छ । एकीकरणसँगै बनेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारीमा अहिले एकीकृत पूँजी रु १४ करोड ४४ लाख पुगेको छ भने संस्थामा ३ हजार २ सय ३२ जना शेयर सदस्य रहेका छन् ।
संस्थाले एक कार्यक्रम गरी दुई संस्था एकिकरण भएको घोषणा गरेका हुन । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले नेपालमा सहकारी नभएको गाविसमा नयाँ खोल्ने र धेरै भएका क्षेत्रमा एकीकरण गर्ने अभियानलाई तीव्ररुपमा अघि बढाइएको बताए । नेपालमा ३२ हजार बढी क्रियाशील सहकारी रहेकोसमेत उनले जानकारी दिए । उनले अहिले आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारी भन्ने नाराका साथ अघि बढेको जानकारी दिँदै सामाजिक न्यायमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

pravat0111
प्रभात साकोसकी सस्थापक अध्यक्ष तथा नेफ्स्कूनकी संचालक शान्ति अधिकारी र दिदीबहिनी उपभोक्ता सहकारीकी अध्यक्ष कल्याणी मिश्रले २ वर्षको अथक प्रयासपछि दुई सहकारीलाई एक गर्न सफल भएको बताए । समुदायमा आधारित सहकारीको यो पहिलो एकीकरण भएको जानकारी वताए ।

pravat03333
कार्यक्रममा विभिन्न पत्रकार नारायण ढुंगानालाई ‘प्रभात पत्रकारिता सम्मान’ प्रदान गरीएको छ भने संविधान निर्माणमा उल्लेख्य योगदान गरेकोमा चितवन–३ का सांसद् कृष्णभक्त पोखरेल, कृषि तथा वनविज्ञान विश्वविद्यालयको पशु तथा मत्स्य विज्ञान एवं पशु स्वास्थ्य संकायकी डिन हुन सफल भएकोमा डा. शारदा थपलियालाई समेत कदरपत्रले सम्मान गरिएको कार्यक्रम संयोजक सरस्वती कतिलाले जानकारी दिइन् । यस्तै अधिवक्ता जगन्नाथ भण्डारी तथा तीज बचतमा उत्कृष्ट बचत गर्ने मेनका आचार्यलाई समेत सोही क्रममा सम्मान गरिएको छ । घोषणासभासमेत रहेको सो कार्यक्रममा एसएलसीमा उच्च अंक ल्याउने सहकारीको शेयर सदस्यका छोराछोरी ८ जना, तथा शेयर सदस्य बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका १० जना महिलाहरुलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top