बनेपा \ क्यापिटल साकोसको छैंठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ कार्य समिति समेत चयन गरेको छ । संस्थाले नयाँ कार्य समिति तथा लेखा समितिको चयन गरेको हो । नयाँ समितिको अध्यक्षमा शेर बहादुर तामाङ, उपाध्यक्षमा डिल्लीकृष्ण मानन्धर, सचिवमा फ्रेम बहादुर तामाङ र कोषाध्यक्षमा खेतराज सिटौला तथा सदस्यहरुमा राजु श्रेष्ठ,सन्तोषी बस्नेत र ओमदयाल सैंजु श्रेष्ठ रहेका छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजक राजन श्रेष्ठ तथा सदस्यहरुमा डम्बर बहादुर नगरकोटी र राम प्रसाद न्यौपाने चयन भएका हुन् ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष सोमप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व संस्थाका अध्यक्ष शेरबहादुर तामाङले गरेका थिए ।
सभामा आर्थिक वर्ष ०७२\०७३ मा १८ करोडको वासलातप्रस्तुत गरीएको थियो । संस्थाले यो आर्थिक वर्षमा निक्षेप १६ करोड र शेयर पूजी १ करोड ७० लाख संकलन गरी लगानी १४ करोड गरेको जनाएको छ । संस्थामा हाल दुई हजार दुई सय जना शेयर सदस्य रहेका छन् ।
कार्यक्रममा संस्थाले गत सालको एस एल सी परिक्षामा उतिर्ण भएका सदस्यका छोराछोरीहरू मध्येबाट दुई जना छात्राहरू लाई क्यापिटल शैक्षिक सम्मान ०७२ बाट सम्मान गरेको छ ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News