विवरण सहित
काठमाण्डौं । वर्तमान
नेपालका १२ वटा बचत तथा ऋण सहकारीले एशियाली स्तरको गुणस्तर चिन्ह ( एक्सेस व्राण्ड ) प्राप्त गरेका छन् भने चारवटा संस्थाले सिल्भर व्राण्ड पाएका छन् ।
एक्सेस व्राण्ड पाउने संस्थाहरुमा
काभ्रेपलाञ्चोकको सामुदायिक साकोस पनौती, नवलपरासीको किसान साकोस गैंडाकोट र विकु साकोस गैंडाकोट । भक्तपुरको सिद्धीगणेश साकोस र बाराही साकोस । सुनसरीको महिला साकोस ईटहरी र किसान कल्याण साकोस ईटहरी त्यसैगरी ललितपुरको स्कोप साकोस रहेका छन् ।
सिल्भर व्राण्ड पाउने संस्थाहरुमा
काभ्रेपलाञ्चोकको बिन्धबासिनी साकोस र बुडोल सामुदायिक साकोस बनेपा, भक्तपुरको शुभकामना साकोस र दोलखाको जनसचेतन साकोस काब्रे रहेका छन् ।
बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता मार्फत एशियाली स्तरको गुणस्तर चिन्ह प्रदान गर्ने कार्यक्रम ९एक्सेस व्राण्डीङ० एसियाली ऋण महासंघ ( अक्कु) ले संचालन गरेको कार्यक्रम हो । सम्म, एशिया स्तरमा भुक्तानीको सञ्जालिकरणको लागिपेमेण्ट प्लेटफर्म समेतको अवधारणा अगाडी ल्याएको छ ।

२०६५ सालदेखि अक्कुले विकास गरेको अवधारणा अनुरुप नेपालका साकोसहरुलाई एशियाली स्तरको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रममा हाल ४३ वटा साकोसहरु आवद्ध भई गुणस्तर चिन्ह प्राप्तीको लागि प्रयासरत छन् । यसैक्रममा गत वर्ष १२ वटा साकोसको अन्तिम परिक्षण सम्पन्न भएकोमा परिक्षण गरिएका सम्पूर्ण साकोसहरुले सफलताको प्रमाण पत्र प्राप्त गर्न सफल भएका हुन् । प्लाटिनियम,गोल्ड,सिल्भर र व्रोन्ज गरी चार तहको ब्राण्ड निर्धारण गरिएकोमा नेपालका ४ वटा साकोसहरुले सिल्भर स्तरको ब्राण्ड प्राप्त गर्ने भएका छन् । । ईण्डोनेशिया, फिलिपिन्स र नेपालका साकोसहरु सहभागी उक्त कार्यक्रममा ठुलो संख्यामा सफलता प्राप्त गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ । सफलताको प्रमाणपत्र सेप्टेम्वर महिनामा दक्षिण कोरियामा सम्पन्न हुने अक्कुको ३५ औं साधारण सभाको अवसरमा प्रदान गरिने छ ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News