हाइलाइट
Home / भर्खरै / मालिक वनाउने पद्धती सहकारी–सभासद पौडेल
मालिक वनाउने पद्धती सहकारी–सभासद पौडेल

मालिक वनाउने पद्धती सहकारी–सभासद पौडेल

सुमन जि.सी
बागलुङ \ बागलुङ क्षेत्र नं २ का सभासद प्रकाश शर्मा पौडेलले सहकारी स्वामीत्व नभएका व्यक्तिहरुलाई स्वामीत्व दिई मालिक वनाउने पद्धती भएको बताए । सिवाईसी साकोसको सदस्य सेवाकेन्द्र कुश्मिसेराको सातौँ प्रतिनिधिमुलक वार्षिक साधारण सभाको उद्धघाटन गर्दै पौडेलले पौडेलले ग्रामीण क्षेत्रका गरिब विपन्न तथा पछाडि पारीएका वर्गहरुलाई सहकारीमा समाहीत गरी वित्तीय रुपमा समृद्ध बनाउन तर्फ सहकारीले ध्यान पु¥याउनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।

जिल्लाका पैयुपाटा, अमलाचौर, नारायणस्थान, छिस्ती, जैदी, अर्जेवा, कुश्मिसेरा, दमेक, विनामारे, सर्कुवा, पैयुथन्थाप, राङखानी, वाटाकाचौर, हुग्दिशिर, सल्यान, सुखौरा र धुल्लुवास्कोट गाविसमा रहेका संस्थाका शेयर सदस्यहरुको उपस्थिीतमा सम्पन्न साधारण सभाले कुश्मिसेरा सेवाकेन्द्र अन्तर्गत रहेको ३४५ सदस्य संख्या मध्येवाट ११ गते सम्पन्न हुन गईरहेको केन्द्रिय साधारण सभाका लागि १० प्रतिशत प्रतिनिधि सर्वसम्मतवाट चयन गरेको छ । कुश्मिसेरा सदस्य सेवाकेन्द्र मार्फत ३२०० सदस्यहरु माझ ४ अर्ब २७ करोड १४ लाख ४५ हजार २ सय ४६ बराबरको कारोवार गरेको छ ।

IMG_7308
संस्थाका केन्द्रिय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आ.व. ०७२÷०७३ को प्रगती सह–सचिव गितादेवी रेग्मी र आ.व. ०७२÷०७३ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगिता शर्मा पौडेलले गरेकी थिईन । करिब ३८० जनाको उपस्थीती रहेको कार्यक्रमको स्वागत सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सह–संयोजक कृष्णप्रसाद रिजाल र सञ्चालन संस्थाको सह–सचिव गितादेवी रेग्मी र कोषाध्यक्ष संगिता शर्मा पौडेलले गरेका थिए भने कार्यक्रमको समापन सेवोकन्द्रका संयोजक कृष्ण रिजालले गरेका थिए ।

साधारण सभाको उद्घाटन कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष क्या. पदमवहादुर श्रीस, जिल्ला विकास समितिका याोजना अधिकृत भेषराज पौडेल, शैक्षीक संस्थाहरुको तर्फवाट हिमालय उ.मा.वि. कुश्मिसेराका रवि पौडेल, सदस्य सेवाकेन्द्र कुश्मिसेराका सल्लाहाकार चित्रप्रसाद चापागाई, सम्पूर्ण राजनैतीक दलहरुको तर्फवाट शोभाप्रसाद शर्मा, सिवाईसी नेपालका सल्लाहाकार ईन्द्रराज पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top