हाइलाइट
Home / गतिविधि / बाँकेका सहकारीको सेयर पुँजी ३९ करोड वढी
बाँकेका सहकारीको सेयर पुँजी ३९ करोड वढी

बाँकेका सहकारीको सेयर पुँजी ३९ करोड वढी

बाँके । बाँकेमा सहकारीको कुल सेयर पुँजी ३९ करोड २ लाख रुपैयाँ छ ।जिल्लाका सहकारीको आम्दानी ६९ करोड र खर्च ६३ करोड रहेको छ । त्यस्तै, ती सहकारीमा कुल जगेडा कोष ८ करोड ११ लाख र अन्य कोष २४ करोड ९ लाख छ । बाँके जिल्लामा हालसम्म २ हजार ८ सय ७६ जना सहकारी सञ्चालकहरु रहेका छन् । त्यस्तै, सहकारीका एक लाख २२ हजार ७ सय ७२ जना सेयर सदस्यमध्ये ५३ प्रतिशत महिला छन् ।
बाँकेमा सञ्चालित सहकारीहरूबाट १ हजार ६ सयले प्रत्यक्ष र ५ हजार जनाले अप्रत्यक्ष रोजगारी पाएको पनि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ । बाँकेका सहकारीले ६ हजार भन्दा बढीलाई रोजगारी दिएका छन् । सहकारीमार्फत उत्पादनशील क्षेत्रमा लगानी बढ्न थालेपछि रोजगारी पनि बढेको हो । गाउँमा वित्तीय पहुँच पुग्न नसकेका क्षेत्रका जनतालाई सहकारीले वित्तीय कारोबारमार्फत पूँजी परिचालनसँगै बचत गर्ने बानीको विकास गर्न सफल भएका छन् ।
सहकारी संस्थाहरु ग्रामीण भेगमा आफ्नो प्रभाव छोड्न सफल भएपछि स्थानीय पनि हर्षित छन् । बाँके जिल्लाका कुल २५ प्रतिशत नागरिक सहकारीमा आबद्ध भएर वित्तीय कारोबार गर्दै आएको बताइन्छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको तथ्यांकअनुसार जिल्लाका ३ सय ९५ सहकारीमा करिब ३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यहाँका संस्थाले ३ अर्ब ४६ करोड ऋण लगानी गरेकोका डिभिजन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top