हाइलाइट
Home / गतिविधि / मोरङका एक दर्जन सहकारीको दर्ता खारेज

मोरङका एक दर्जन सहकारीको दर्ता खारेज

चीना थापा
विराटनगर | सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२÷०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो ।

morang

सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजमा परेका हुन । खारेज हुनेमा ग्रामीण भेगका सहकारी बढी छन् । अघिल्लो वर्ष ३१ वटा सहकारीको दर्ता खारेज भएको थियो । मोरङमा एक हजार ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी डिभिजन कार्यालय मोरङले जनाएको छ ।

 

बुद्धोदय सहकारीको मुनाफा एक करोड

बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारीले यो वर्ष नाफामा वृद्धी गरेको छ । संस्थाले आर्थिक वर्ष ०७१÷७२ मा ६० लाख संचालन मुनाफा गरेकोमा यो वर्ष ८० लाख संचालन मुनाफा गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७२ \ ७३ को असार मसान्तसम्म संस्थाको पू“जीगत सम्पत्ती ७ करोड २५ लाख, शेयर पू“जी एक करोड २६ लाख रहेको र संचित कोष ३२ लाख रूपैया रहेको छ भने ५ करोड ३६ लाख निक्षेप संकलन गरी ४ करोड ७० लाख ऋण लगानी गरेको संस्थाका अध्यक्ष गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

mips-income-plus

विराटनगर उपमहानगरपालिका ४ बुद्धचोकमा समुदायलाई बचत गर्ने बानी बासाउने, छरिएर रहेको पू“जी संकलन गर्ने लगायतको उद्देश्यबाट २०६५ सालमा स्थापना भएको यस सहकारीले छोटो समयमा उल्लेख्य प्रगती हा“सिल गर्दै यस क्षेत्रमै उदाहरणीय बन्न सफल भएको अध्यक्ष दाहालको भनाइ छ । ६३ जना सदस्यबाट सुरु भएको संस्थामा हाल ५ सय ८४ जना शेयर सदस्य रहेको र संस्थाको प्रशासनीक खर्च कटाएर २० लाख खुद मुनाफा गरेको समेत अध्यक्ष दाहालको जानकारी दिए ।
आप्mनै दुई तले भवनमावाट सेवा दिइरहेको संस्थाले कर्मचारीको संचय कोषको ब्यवस्था, प्रत्येक वर्ष शेयर सदस्यहरुका छोराछोरीमध्यवाट ६ जना छात्रछात्रालाई उत्कृष्ट शिक्षा पुरस्कार प्रदान गर्दै आएको छ भने पत्रकारिता पुरस्कार, ज्येष्ठ सदस्य सम्मान, प्रतियोगितात्मक बौद्धिक क्षमता बृद्धि गराउने खाले कार्यक्रम आयोजना गर्ने गरेको संस्थाका ब्यवस्थापक अमित रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top