हाइलाइट
Home / गतिविधि / बुर्तिवाङमा सहकारी शिक्षा सम्पन्न
बुर्तिवाङमा सहकारी शिक्षा सम्पन्न

बुर्तिवाङमा सहकारी शिक्षा सम्पन्न

वागलुङ \ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङ सदस्य सेवाकेन्द्र बुर्तिवाङको आयोजनामा बुर्तिवाङ क्षेत्रका सदस्य तथा गैर शेयर सदस्यहरुका लागि १ दिवसीय सहकारी शिक्षा तालिम मा सम्पन्न भएको छ ।

संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आईरहेका सेवा सुविधा, संस्थाका नीति नियम लगाएतका गतिविधिहरुको वारेमा जानकारी गराउने उद्देश्यले सञ्चालीत तालिमको उद्धघाटन संस्थामा शेयर सदस्य वन्नु भएका जलकुमारी थापालाई स्वागत तथा सम्मान गरी गरिएको थियो ।cyc (2)2

तालिम कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले ग्रामीण क्षेत्रमा रहेका महिला, दलित, जनजाती तथा अन्य सिमान्तकृत समुदायको वित्तीय पहुँच सहकारी संस्थामा मात्र पुग्ने बताए । पौडेलले अवका सहकारी संस्थाहरु बचत तथा ऋणको कारोवार गरेर मात्र चल्न नसक्ने बताउदै सदस्यहरुको सामाजिक सुरक्षा तथा मानविय समवेदनामा पनि ध्यान पु¥याउनु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा ८० जनाको उपस्थीत रहेको थियो संस्थाको चौथो सेवाकेन्द्रको रुपमा स्थापीत सदस्य सेवाकेन्द्र बुर्तिवाङले छोटो अवधिमै ५०० जना शेयर सदस्य, २ करोड बचत, १० करोड लगानीमा रहेको ऋण र १५ करोड बराबरको कारोवार गरेको सेवाकेन्द्र प्रमुख दामोदर गौतमले जानकारी गराए । तालिम कार्यक्रमकै अवसरमा संस्थामा १० जना शेयर सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top