हाइलाइट
Home / गतिविधि / सहमतीमा नेतृत्व चयन हुनुपर्ने

सहमतीमा नेतृत्व चयन हुनुपर्ने

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष शम्भु प्रसाद घिमिरेले सहकारी क्षेत्रको दिगो विकासको लागि सबैको समान सहभागिता आवश्यक रहेको बताएका छन् । सहकारीका छाता संगठनहरुको नेतृत्व कुनै एक पक्ष वा समुहको भन्दा पनि आपसी सहमतीमा केन्द्रिकृत भएर नेतृत्व चयन हुन आवश्यक रहेको घिमिरेको भनाई छ । बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष घिमिरेले कुनै पनि दल वा संगठनको निर्देशन भन्दा पनि सहकारी अभियानको समस्या बुझ्ने खालको नेतृत्व आवश्यक रहेको धारणा राखे । वर्तमान अवस्थामा सहकारी क्षेत्रमा राजनीति हाबी भएका कारण समस्या आएको उल्लेख गर्दै संस्था बुझेका नेतृत्व आउन सके सहकारीका संघहरुले वास्तविक भूमिका खेल्न सक्ने उनको कथन थियो । नजिकिदै गएको कास्कुन निर्वचनमा आफुहरु सहमतीको पक्षमा रहेको उल्लेख गर्दै अन्तिम समय सम्म सबैलाई मिलाएर लैजानु पर्ने पक्षमा आफु रहेको घिमिरेले बताए । सहकारीलाई कसैको बाहुबल वा व्यक्ति केन्द्रित भन्दा पनि सहकारी सिद्धान्त र मर्मलाई आत्मसाथ गरेर लैजानु अहिलेको आवश्यकता रहेको उनको धारणा थियो । एक फरक प्रशंगमा कुरा गर्दै अध्यक्ष घिमिरेले सहकारी क्षेत्रको संस्थागत विकासको लागि ऐन आवश्यक रहेको उनको भनाई थियो । ऐन आउनु हुदैन भन्ने पक्षमा सहकारी अभियान छ भन्ने बाहिर बुझाई छ, त्यो गलत हो । केहि बुद्धा सच्याएर ऐन चाडो आउनु पर्ने उनको जिकिर छ ।
कास्कुनमा सहमतीको नेतृत्व बने आफु पनि त्यसको दाबेदार रहेको उल्लेख गर्दै घिमिरेले चुनाव नै हुने अवस्था आए समुह बनाएर नेतृत्वको दाबेदारी प्रस्तुत गर्ने पक्षमा आफुहरु रहेको उनले सो पत्रकार सम्मेलनमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top