नेपालमा वार्षिक दुई अर्बभन्दा बढी मूल्यबराबरको कच्चा र पाउडर दूध तथा दुग्धजन्य पदार्थ आयात भइरहेको मन्त्री शान्ता मानवीको भनाई छ । यसैगरी ७ अर्ब मूल्यबराबरको साढे ५ लाखको संख्यामा खसीबोका, राँगा र भैंसी आयात ह’ँदै आएको छ । ललितप’रस्थित कृषि विकास बहुउद्देश्यीय सहकारीको १६ औं वार्षिक साधारण सभाको उदघाट्न गर्दै मन्त्री शान्ता मानवीले जानकारी दिएकी हुन् ।
मन्त्री मानवीकाअनुसार सरकारले आयातदर प्रतिस्थापन गर्न दूध, अण्डा तथा मासुको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ कृषि विकास मन्त्रालयबाट केही महिना अघि फुटाइएको पशुपंक्षी मन्त्रालयले अण्डा, दूध र मासुका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएको हो ।
‘आयात दरलाई प्रतिस्थापन गर्न मन्त्रालयले आगामी आर्थिक वर्षमा अण्डा, दुई वर्षमा मासु तथा तीन बर्ष्भित्रमा दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने कार्यक्रम कार्यान्वयनमा ल्याएका छौं, उनले भनिन् ।
मन्त्री मानवीले पशुपंक्षी पालनका क्षेत्रमा प्रवाह भइरहेको अनुदानमा समेत सरकारले कडाई गर्न लागेको जानकारी दिइन् । अनुदानमार्फत बितरण गरिएको रकमको सदुपयोग हुन नसकेकाले कडाई गर्न लागिएको हो ।
नियमित कार्यक्रम र अनुदानमार्फत सरकारको ठूलो रकम लगानी भएपनि पशुपंक्षी पालनका क्षेत्र अहिले पनि परनिर्भर रहेको औल्याउदै मन्त्री मानवीले अनुदान बितरण गर्ने प्रक्रियामा सुधार गर्न लागिएको जानकारी दिइन् । उनकाअनुसार सरकारले अब प्रतिफलमुखी कार्यक्रमका लागि मात्रै अनुदान उपलब्ध गराउने बताइन् ।
संस्थाका अध्यक्ष तेजविक्रम थापाले जाँगर हुनेले स्वदेशमा पनि उदाहरणिय काम गर्न सक्ने सुझाव दिए । कृषि सहकारीको मार्फतबाट आफुले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी तीन हजारभन्दा बढी सर्वसाधारणलाई रोजगारी उपलब्ध गराएको जानकारी गराउदै उनले राज्यले अहिले पनि सामान्य किसानलाई आवश्यक पर्ने योजना तथा अनुदान कार्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याउन नसकेको गुनासो पोखे ।
कृषि विकास वहुउद्देश्यीय सहकारी संस्थाले स्वास्थ्य, व्यवहारिक शिक्षा, कृषि उत्पादन र व्यापारको क्षेत्रमा करिब ५ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । संस्थामार्फत चालु आर्थिक वर्षमा कृषि परियोजनातर्फ चार करोड ५१ लाख र स्वास्थ्य परियोजनातर्फ तीन करोड ७८ लाख लगानी गरेको छ ।
संस्थाले कृषि परियोजनातर्फ टिकाथली तथा बिराटनगरमा कृषि फ्रेस बिषादीरहित उत्पादन परियोजना र कृषि फ्रेस डेरी उत्पादन परियोजना सञ्चालनमा ल्याएको छ .
यसैगरी समिट हस्पिटल,मेडिकल कलेज अफ टेक्निकल साइन्स तथा कृषि एकेडेमी सञ्चालनमा ल्याएको छ । राजधानीभित्र र बाहिर एक दर्जनको संख्यामा कृषि फ्रेस बिषादीरहित उत्पादनको चेन मार्ट सञ्चालनमा ल्याएको अध्यक्ष तेजविक्रम थापाले जानकारै दिए ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News