सिन्धुली \ कमलामाई नगरपालीका धुरावजारमा रहेको सिन्धु वचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाको नियमित वार्षिक कार्यक्रम अनुसार यो वर्षको कार्यक्रम वमोजिम दुई सय जनालाई दिईएको संस्थाले जनाएको छ । समुन्नत भविश्यको लागि संयुक्त अभियान, सिन्धुमा निरन्तर वचत हाम्रो दरिलो पहिचान,भन्ने मुल भावान सहित विगत ७ वर्ष देखि संचालित संस्थामा हाल सम्म १ हजार तीन सय४२ सदस्यहरु रहेका छन् । संस्थामा १० प्रतिशत सदस्य निस्कृय रहेकाले सहकारी शिक्षाको माध्यमवाट घचघच्याउन संस्थाले नियमित सदस्य शिक्षाको कार्यक्रम राख्ने गरेको संस्थाका सचिव जंग वहादुर राईले वताए ।
सहकारीमा सदस्यहरुले सहकारी नै नवुमिm सदस्यता लिने परिपाठीले संस्थामा निस्कृय सदस्यहरु वढ्ने , दोहोरो सदस्यता वढ्ने भएकाले एक प्रकृतिको एक सहकारीमा मात्र सदस्यता लिन तथा नियमित वचतको कारोवारमा संलग्न नहुने सदस्यहरुलाई स–सम्मान सदस्यता त्याग्न आग्रह गर्न पनि तालिमको आयोजना गरिएको राईले भने ।
जिल्लामा ५०० सहकारी संस्थाहरु संचालनमा रहेका र संस्थामा सदस्यता लिन पूर्व सहकारी शिक्षा तालिम लिएर मात्र संचालन गर्नु पर्ने ऐन नियममा व्यावस्था भए पनि सो वमोजिम कार्यान्वयनमा थोरै सहकारी संस्थाले ल्याएकाले नितिगत व्यावस्था भित्र रहनका लागि सिन्धु साकोस निरन्तर लागीरहेको संस्थाका अध्यक्ष नवराज कोइरालाले वताए । तालिममा सिन्धु सिन्धु वचत तथा ऋण सहकारी संस्थाका २२७ शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News