दोलखा | जिल्ला स्थित भिमेश्वर नगरपालिकामा संचालनमा रहेका विभिन्न प्रकृतिका सहकारीहरु एक आपसमा एकिकरण (मर्ज) हुनेक्रम वढ्दै गएको छ । यसै क्रममा सर्वप्रथम जिरीमा रहेको फ्रेण्डसिप साकोसले मर्ज प्रकृया अगाडी वढाएर यसको शुरुवात गरेको थियो । जसमा नौ वटा संस्था गाभिएर एकिकृत फ्रेण्डसिप साकोस भएका थिए । त्यसैगरी पछिल्लो समयमा संस्था एकिकरणको लहडनै चलेको छ । पछिल्लो चरण एकिकरण हुनेमा अर्थभुमि बचत तथा ऋण सहकारी,संगालो बचत तथा ऋण सहकारी, गौरीसंकर बचत तथा ऋण सहकारी र हाम्रो कृषि सहकारी रहेका छन । यी संस्था एकिकरण पछि अर्थभुमि बचत तथा ऋण सहकारी भएको छ । दोलखामा गत साल जिरी नगरपालिकामा रहेका सहकारी संस्थाहरु एकिकरण पछिको यो दोस्रो पटकको एकिकरण भएको डिभिजन सहकारी कार्यालय दोलखाले जनाएको छ । एकिकरण पश्चात अर्थभूमि साकोसको ७ करोड बराबरको कारोबार र २५ सय भन्दा बढी शेयर सदस्य भएको अर्थभुमि साकोसका अध्यक्ष कृष्णप्रसाद दहालले बताए । यस पछि सदरमुकाम चरिकोटमानै रहेको जनहित सहकारी संस्था र हिमालय बचत तथा ऋण सहकारी संस्था एकिकरणको प्रक्रियामा लागेका छन । हाल दोलखामा विभिन्न प्रकृतिका गरी ५ सय २३ सहकारी संस्था रहेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाइले वताए ।
www.bartamansahakari.com.np Nepal, Sahakari, Co-operatives, Sahakari Andolan, Tin Khambe, Nepali, Poor People, Nepalese, Bartaman, Sahakari News, Hot News, Latest Nepali News