हाइलाइट
Home / गतिविधि / उपासना महिला सहकारीमा पुन : महर्जन
उपासना महिला सहकारीमा पुन : महर्जन

उपासना महिला सहकारीमा पुन : महर्जन

काठमाडौं, १९ पुस । सीतापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः अमरावती वलामी (मर्हजन) निर्वाचित भएकी छिन् ।
संस्थाको शनिवार सम्पन्न छैटौं साधारणसभाले पुनः मर्हजनको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा समिति तथा तीन सदस्यीय शिक्षा उपसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ललना बज्राचार्य (मानव), सचिवमा शान्ति लक्ष्मी महर्जजन, कोषाध्यक्षमा ईन्दिरा चालिसे रहकी छिन् । त्यस्तै सदस्यहरुमा सानुनानी व्यञ्जनकार, पवित्रा केसी, पुष्पादेवी वलामी, तुलसा खड्का र राखी खनाल रहेकी छिन् । सभाले उर्बसी रेग्मी संयोजक तथा मैयाँ चापागाई र रामप्यारी श्रेष्ठ सदय रहेको लेखा समिति गठन गरेको छ ।
सहकारी पैसा किन्ने र बेच्ने मात्र नभई महिलाहरुको क्षमता बृद्धि गरि विभिन्न विषयमा महिलाहरुलाई सक्षम बनाउन सक्नु पर्ने अध्यक्ष महर्जनले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top